Logo

ऊर्जा विषय अध्ययनअध्यापन हुने स्कूल निर्माण



Spread the love

१९ असोज, धादिङ – धुनिबेंसी नगरपालिका ५ ढकालखोलामा जर्मन टेक्निकल स्कूल निर्माण भएको छ । शेषकान्त फाउन्डेशनले जर्मन एनजिओ जुकुन्फट फर नेपाल अस्टुर्टेम्बर्गसँगको सहयोगमा प्राविधिक र भोकेशनल शिक्षा विशेष गरी ऊर्जा विषयमा अध्ययनअध्यापन गर्ने उद्देश्यले सो स्कूल निर्माण गरेको हो । स्कूलमा स्नातक तहसम्म अध्ययनअध्यापन हुने बताइएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबारको कार्यक्रममा देशमा रोजगारी सिर्जना नहुँदा धेरै नेपाली वैदेशिक रोजगारमा गएकाले प्राविधिक शिक्षाका कारण नेपालमै बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्