Logo

जान्नुहोस् मह खानुका फाइदा



Spread the love

मौरीहरूले विभिन्न प्रजातिका वनस्पतिहरूको फूलमा भएको रसलाई सङ्कलन गरी तयार पार्ने तरल वस्तुलाई मह भनिन्छ l आयुर्वेदिक औषधीय गुण भएको ‘खाए पनि ठिक लाए पनि ठिक’ बहुउपयोगी वस्तु महलाई यस्तै धेरै गुणहरूको आधारमा अमृत पनि भनिन्छ । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्त्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् । त्यसैले आज हामी चर्चा गरौँ, महको सेवन गर्दा हुने फाइदाबारे l

  • खाली पेटमा महलाई मनतातो पानी र कागतीको साथ नियमित सेवन गर्नाले अनावश्यक फ्याट कम हुन्छ । साथै शरीरलाई तन्दुरुस्त बनाउँछ ।
  • यदि तपाईँमा हाडजोर्नी दुख्ने, जाडोमा जीउ कटकटी खाने जस्ता समस्या छ भने महमा दालचिनीको पाउडर मिसाएर दुःखेको ठाउँमा मसाज गर्नुहोस् जसले गर्दा आराम प्राप्त हुनेछ l
  • दम र कफ हटाउनु परे महको उपयोग निकै राम्रो मानिन्छ । उच्च रक्तचाप नियन्त्रण, मुटु सम्बन्धी रोगबाट जोगिन पनि मह सेवनबाट फाइदा मिल्छ ।
  • दिनको दुई चम्चा मह खाँदा खोकी लाग्दैन । यसमा एन्टीमाइक्रोबियल गुण भएकाले गर्दा संक्रमण उत्पन्न गर्ने ब्याक्टेरियालाई सिध्याउँछ । त्यसैले यसको सेवन गर्नु उपयुक्त रहन्छ l
  • महमा भएको ग्लुकोजलाई शरीरले तत्कालै सोस्छ जसले गर्दा शरीरमा ऊर्जा कायम रहन्छ। व्यायामअघि दुई चम्चा मह खाँदा थकान अनुभव हुँदैन।
  • अनुहार, छाती आदिमा चाउरी देखापर्न थालेको छ भने पाकेको आधा एभोकाडोमा एक चम्चा मह मिसाएर चाउरी परेको ठाउँमा दली २० मिनेटपछि धुने गर्नाले चाउरी हराउँदै जान्छ ।
  • महले रगतमा ‘पोलिफोनिक एन्टीअक्सिडेन्ट’को स्तर बढाउँछ जसले गर्दा मुटुरोगबाट बचाउँछ। महबाट ‘सेरोटोनिन’ रसायन निस्कने भएकाले ‘मूड’ राम्रो बनाउन मद्दत गर्छ।

प्रतिक्रिया दिनुहोस्