Logo

यसकारण खाने गरौँ उखु



Spread the love

उखु एक नगदे बाली श्रेणी अन्तर्गत पर्ने लोकप्रिय वनस्पति श्रेणीको एक वस्तुको नाम हो । आजको समयमा विश्वका ५०% कृषकहरूले उखु खेती अपनाएका छन् । उखु चिनी, मिश्री, सखर, आदी गुलियो पद्वार्थको कच्चा पदार्थ हो । उखुको रसलाई रासायनिक परिवर्तन गरेर उक्त वस्तुहरूको उत्पादन गरिन्छ । उखुमा क्यालोरी बढी हुनका साथै कार्बोहाइड्रेट र ग्लुकोज पनि पाइन्छ । यसर्थ, उखुले ऊर्जा दिने, स्फूर्ति बढाउने, रगतमा ग्लुकोजको मात्रा कायम राख्ने जस्ता काम गर्छ । त्यसैले आउनुहोस् चर्चा गरौँ, उखुको सेवन गर्दा हुने स्वास्थ्य हुने फाइदाबारे l

  • उखुको सेवन गर्नाले छालालाई आवश्यक पर्ने अल्फा हाइड्राक्सी एसिड पर्याप्त हुन्छ । जसले छालामा आउने डण्डीफोर लगायतका समस्याबाट मुक्ति मिल्छ ।
  • यसमा एंटीआक्सीडेट्सको मात्रा उच्च हुन्छ जसले शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धी हुन्छ । त्यसैले उखुको सेवन गर्नु स्वास्थ्यको लागी फाइदाजनक साबित हुन्छ l
  • उखुमा दिनभरलाई धान्न सक्ने क्यालोरी पाइन्छ । जसकारण उखुको सेवन गर्नु उपयुक्त छ l तर, उखु बढी खाएमा मोटोपना बढ्न सक्छ । यसप्रति सचेत हुनुपर्छ ।
  • यसमा प्रोटिनको मात्रा उच्च हुन्छ । यसले प्रोटिनको कमीबाट आउने ज्वरोबाट पनि बचाउँछ । त्यसैले उखुको सेवन गर्नु स्वास्थ्यको लागि उचित रहन्छ l
  • उखुमा खनिजको मात्रा उच्च हुन्छ जसले हाड र दाँत बलियो बनाउनका साथ साथै दाँतलाई चम्किलो बनाई राख्न पनि सहयोग गर्दछ l
  • यसको सेवन गर्नाले नङलाई सुन्दर बनाउनका साथै नङमा हुने दाग धब्बा हटाउन पनि मदत गर्छ l उक्त कारण उखुको सेवन गर्नु उपयुक्त रहन्छ l
  • उखुमा प्रशस्त प्रोटिन हुन्छ । जसको सेवन गर्नाले युरिन इन्फेक्सन् एसिडिटी वा पत्थरी लगायतका समस्याबाट पनि मुक्ति पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्