Logo

किन खाने नासपाती?



Spread the love

नासपाती रुखमा फल्ने फल हो । जसको स्वाद अमिलो अथवा गुलियो हुने गर्दछ । नासपाती स्वादका लागि मात्र नभई स्वास्थ्य लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसहरूले गरेका हुन्छन् । यसमा भिटामिन ए , सी ,कपर, फाइबर जस्ता पोषक तत्वहरु प्रशस्त मात्रामा पाइन्छ । जसको सेवन गर्दा स्वास्थ्यमा निकै फाइदाजनक साबित हुन्छ l त्यसैले आज हामी चर्चा गरौँ, नासपाती खादा हुने फाइदाबारे l

  • नासपातीमा पाइने बेरोन नामक तत्वले हाडजोर्नी मजबुत पर्न सहयोग गर्नका साथै हरेक दिन नासपाती खानाले मांसपेशी सम्बन्धी विभिन्न समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।
  • यसमा अन्य फलफुलभन्दा बढी एन्टी अक्साइडेट पाइन्छ । जसको सेवन दिनहुँ गर्नाले क्यान्सर जस्ता खतरनाक रोगबाट पनि बच्न सकिन्छ l
  • नासपातीमा पाइने आइरनले रगतमा हेमोग्लोबिनको मात्रा बढाउनमा मदत गर्छ। एनेमिया जस्ता रोगका सिकार भएकाहरूका लागि हरेक दिन नासपातीको सेवनलाई प्रभावकारी मानिन्छ।
  • यदि तपाइको उमेर भन्दा पहिला नै अनुहार चाउरी परेको छ भने नियमित जसो नासपाती खाने बानी बसाल्नुहोस् l जसको सेवन गर्नाले यस्ता समस्याबाट सजिलैसँग छुटकारा पाउन सकिन्छ l
  • नासपातीमा फाइबरको मात्रा प्रशस्त पाइन्छ । जसले कोलेस्टोरेलको मात्रा नियन्त्रण गर्नुका साथै मुटु सम्बन्धी समस्याबाट बचाउँछ। यसका अलावा यसले अथेरोस्क्लेरोसिस,हृदयघात र पक्षघात जस्ता समस्या हुने सम्भावना समेत कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्