Logo

एक व्यक्ति, जो बने एउटा माछाका कारण लखपति !



Spread the love

धनी बन्नका लागी मानिसहरू के के नगर्लान् र? रात दिन नभनी मेहनत गर्नका साथै बचत गर्ने बानी पनि बसाल्ने गर्छन् l जसले गर्दा सो व्यक्ति धनी बन्न पुग्छ l

तर छिमेकी देश भारतमा एउटा यस्तो घटना घटेको छ, जुन विश्वास गर्न अलि गाह्रो नै पर्छ l उक्त घटना भारतको उडिसाका माछा मार्ने एक व्यक्ति हो l जो छिनभरमै लखपति भएका छन् l त्यही पनि मात्र एक माछाका कारण !

चन्दबली इलाकाको धामरा समुन्द्रतटमा दैनिक जसो माछा मार्ने यी व्यक्तिको जालमा एक अनौठो प्रजातिको माछा पर्‍यो । जुन ड्रोन सागर प्रजातिको रहको छ ।

जसको तौल १ सय ७ किलोग्राम तर, मूल्य भने ७ लाख ४९ हजार भारतीय अर्थात् १२ लाख नेपाली रुपैयाँ पर्छ l

उक्त अनौठो माछालाई चेन्नईको एक औषधि उत्पादक कम्पनीले साढे ७ लाख भारुमा किनेपछि माछा मार्ने व्यक्तिको जीवनी नै फेरिएको छ । यस प्रकारको माछा फोक्सो तथा छालाको औषधि र सौन्दर्य सामाग्री बनाउनमा प्रयोग गरिने गरिन्छ l

प्रतिक्रिया दिनुहोस्