Logo

करेन्ट लागे, दिमाग तेजिलो !



Spread the love

हामीलाई थाहा छ, बिजुलीका नाङ्गा तार छुनु वा छुँदा सबै डर लाग्छ l किनकि तार छुँदा करेन्ट लाग्छ, जसको कारण मुत्युसमेत हुने गर्छ l

तर जर्मनीको फ्रिबर्ग विश्वविद्यालयका शोधार्थी एलिजावेब हर्नस्टिन र उनका सहयोगीहरूले भने करेन्ट लाग्दा मानिसहरूको दिमाग तेजिलो हुने निष्कर्ष निकालेको छ ।

विद्युत्को स्विच अन गर्दा नै मानिसको मस्तिष्कलाई निकै धेरै फाइदा पुग्ने दाबी गर्नका साथै यसले सृजनशीलता पनि बढाउने गर्छ ।

बिजुलीको स्विच अन गर्दा दिमागमा बिजुलीको झट्का पुग्ने र यसरी झट्का लाग्दा वा करेन्ट लाग्दा दिमागको कोशिकालाई सकारात्मक असर पर्ने उनीहरूले बताएका छन् । जसलाई विद्यार्थीमा टेस्ट गर्दा विद्यार्थीको नतिजा राम्रो रहयो l

प्रतिक्रिया दिनुहोस्