Logo

प्रचण्डले बागडोर सम्हाल्ने भएपछि कस– कसलाई भयो छटपटी



Spread the love

काठमाडौँ– नेपाली काँग्रेसका नेताहरुले दिएको सार्वजनिक अभिव्यक्तिलाई विश्वास गर्ने हो भने नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको अबको एक साता भित्र नेपालको प्रधानमन्त्री बन्नेछन् । नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)बीचको पछिल्लो गठबन्धनले व्यवस्थापिका संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ सरकार गठनको प्रक्रियाले मूर्त रुप लिनेछ ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, संविधानको कार्यान्वयन गर्ने र भूकम्प पीडितलाई प्रभावकारी रुपमा राहत उपलब्ध गराउने तथा संविधान लेखन प्रक्रियादेखि नै असन्तुस्टि जनाउँदै आएका मधेसी, आदिवासी, जनजाती तथा थारु समुदायलाई वार्तामा ल्याएर उनीहरुको माग सम्बोधन गर्ने लक्ष्यसहित नयाँ सरकार गठनको मार्ग प्रशस्त भएको हो ।

नेकपा(एमाले)का अध्यक्ष समेत रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक हठका कारण अगाडि बढ्न नसकेका सम्पूर्ण प्रक्रियालाई सहज रुपमा अगाडि बढाउने लक्ष्य नै नयाँ सरकारको प्रमुख कार्यभार हुनेछ । जसको नीति उसैको नेतृत्व भने जस्तै संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख नेतृत्वकर्ता हुनुको हैसियतले प्रचण्डले विषम् परिस्थितीमा सरकारको नेतृत्व गर्न लागेका छन् ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत रहनु भएका प्रचण्डको एजेण्डामा मुलुकको राजनीति अगाडि बढेको तथ्य कोही कसैबाट छिपेको छैन । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्वलगायतका राजनीतिक एजेण्डा माओवादीको एजेण्डा हो । जनताको एजेण्डा हो, परिवर्तनको एजेण्डा हो । माओवादी जनयुद्धले स्थापित गरेका एजेण्डाका आधारमा मुलुक अगाडि बढेको छ । संविधानसभाको दोस्रो निर्वाचनको नतिprachanda (4)जा जे जस्तै भएपनि माओवादी आफ्नो एजेण्डामा सफल छ र रहँदै आएको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

-साभारः रातोपाटी

प्रतिक्रिया दिनुहोस्