Logo

चितुवाको आक्रमणबाट मृत्यु हुने पाँच पुगे



Spread the love

२३ असोज, तनहुँ – भानु नगरपालिकामा चितुवाको आक्रमणबाट मृत्यु हुने बालबालिकाको सङ्ख्या पाँच पुगेको छ । यसअघि विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो ।

चितुवाको आक्रमणबाट मृत्यु भएका चार जना बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप रु १०÷१० लाख उपलब्ध गराइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्