Logo

ईशान नेपाली राष्ट्रिय क्रिकेट टोलीमा असफल



Spread the love

२३ असोज, काठमाडौँ । ओमन, सिङगापुर यात्राको लागि नेपाली राष्ट्रिय टोलीमा ईशान पाण्डे पनि अटाएका छन् । उनलाई ओपनिङमा ब्याटिङ गराउने सोचका साथ टिममा समावेश गरिँदा धेरै नेपाली क्रिकेटप्रेमीले उनको नामै सुनेकै थिएन । तर ईशानलाई जुन विश्वासका साथ टोलीमा समाबेश गराएका थिए, त्यसअनुरुप उनले प्रदर्शन गर्न सकेनन् । ओमानमा खेलेको तीन वटा खेलमा राष्ट्रिय टिमको ओपनिङमा देखिएको संकट टार्ने भने इशानले अझै मेहनत गर्नु पर्ने देखिएको छ ।

सन् २०१६ मा बंगलादेशमा भएको यु-१९ विश्वकपमा इशान नेपाली टिममा थिए। २०१६ को विश्वकपमा बेन्चमै सीमित बन्न पुगेका इशानको खेल करिअरले त्यसपछि पनि उचाइ लिन सकेन। घरेलु फ्रेन्चाइज लिगमा उनी बिक्न सकेनन्।

सिंगापुरमा आयोजित त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले तीन खेल खेल्दा ईशानले पहिलो दुईमा ओपनिङ गरेका थिए । जसमा उनी पुरै असफल भएका थिए । पहिलो खेलमा जिम्बाबेविरुद्ध ८ बलको सामना गर्दा ४ रन मात्र बनाए । सिंगापुरविरुद्ध उनले ६ बलमा ५ रन बटुले । दुई खेलमा खराब प्रदर्शनपश्चात जिम्बाबेविरुद्धको तेस्रो खेलमा उनले मौका पाएन।

ओमानमा भएका दुई खेलमा पवन सर्राफले नै ओपनिङ गरे । उनी पनि तीनवटै म्याचमा असफल भएका थिए । त्यसपछि बुधबार फेरि इशानलाई टिममा समावेश गरिएको थियो ।

टेष्ट नेशन आयरल्याण्डविरुद्ध ओपनिङ गर्ने मौका पाउका इशानले ३० बलमा २ चौकाको मदतमा २२ रन जोडे । अब बाँकी खेलमा इशान र पवनमध्ये कसलाई खेलाउने भन्ने नेपाली प्रशिक्षकका लागि टाउको दुखाईको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्