Logo

छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ बालिकाको मृत्यु



Spread the love

२३ असोज, काठमाडौँ । झापा र इलामको छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई बालिकाले ज्यान गुमाएको छ। बुधवार दिउँसो झापाको शिवसताक्षी नगरपालिकामा नरनाथ राईको ४ बर्षीया छोरी खानुमा राई घर नजिकैको पोखरीमा डुबी रहेको अवस्थामा फेला परेको थियो ।

लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा सवा १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

यसैगरी ईलामको माई नगरपालिकामा जिवन मगरको १८ महिने छोरी जमुना मगरको पानीमा डुबेर मृत्यु भएको छ । बुधवार बिहान आफ्नै घरमा बाल्टिनमा राखेको पानीमा डुबेर घाइते भएकी वालिकालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्