Logo

बस र बलेरो आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ९ जना घाइते



Spread the love

२३ असोज, नवलपरासी । बुधबार राति कावासोतीमा बस र बलेरो जीप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् ।

काठमाण्डौबाट पश्चिमका लागि छुटेकोे ना ७ ख ५८१५ नम्बरको बस र लु २ च ६०७० नम्बरको बोलेरो जीप आपसमा ठोक्किँदा बोलेरो जीप चालक बलियार सुनारको ज्यान गएको हो ।

गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा भरतपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्