Logo

शास्त्रमा दिउँसो सुत्नुलाई किन राम्रो मानिँदैन ?



Spread the love

शास्त्रमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेको छ । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति नसुतेर दिउँसो सुत्ने गर्छन् । कोहीकोहीलाई भने दिउँसो सुत्ने बानी परेको हुन्छ ।

तर शास्त्र र आयुर्वेदमा भने दिउँसो सुत्नुलाई राम्रो मानिँदैन । दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्न पाउँदैन । यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्न सक्छ।

दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ पेटसम्बन्धी रोग लाग्न सक्छ । त्यस्तै दिउँसो सुत्दा ज्वरो, गलासम्बन्धी समस्या, स्मरण शक्ति कमजोर, अंग फुल्ने, आलस्य बढ्ने पनि हुन्छ ।

यसका अलावा धार्मिक मान्यताले दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने जनाएको छ । तर केही मानिसका लागि अलिकति आराम गर्नु पनि राम्रै हुन्छ । विद्यार्थीहरूले लगातार कैयौं घन्टा पढेपश्चात आराम गर्नका लागि दिउँसो एक झप्को लिनु ठीकै हुन्छ । वृद्धहरूका लागि पनि शरीर र मस्तिष्कलाई आराम दिनका लागि दिउँसो सुत्नु ठीक हुन्छ । असाध्यै क्रोधी मान्छेले पनि दिउँसो सुत्दा दिमाग शान्त हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्