Logo

पाँच देश सम्मिलित टि ट्वान्टी सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै



Spread the love

२३ असोज, काठमाडौं । ओमानमा जारी पाँच देश सम्मिलित टि ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले आयोजक ओमानको सामना गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

ओमानले ३ खेलमा जित हासिल गरेको थियो भने आयरल्यान्डले ४ खेलमा ओमानसँगबाहेक सबै टोलीलाई पराजित गर्यो । आयरल्यान्डसँग पराजित हुनुअघि नेपालले नेदरल्यान्ड्स र हङकङ दुवैलाई पराजित गरेको थियो ।

ओमान ६ अंकसहित शीर्षस्थानमा रहँदा ६ अंक नै रहेको आयरल्यान्ड रनरेटको आधारमा दोस्रो स्थानमा र ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेको छ ।

टेष्ट राष्ट्र आयरल्यान्डलाई पराजित गरेको ओमानको मनोबल निक्कै उच्च रहेको छ । नेपालले पनि आयरल्यान्डलाई टक्कर दिने प्रयास गरेपनि अन्ततः १३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्