Logo

टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते



Spread the love

२३ असोज, भोजपुर l भोजपुरको हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही गाउँपालिका वडा नम्बर ४ खैराङका मिलन राईकी आठ वर्षीया छोरी गुराँस राई रहेकी छन् l

बुधवार अपराह्न १ बजे घोडेटारबाट होम्ताङतर्फ जाँदै गरेको को २ ह ७६८६ नम्बरको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको हो l

उक्त दुर्घटनामा पर्ने गुराँसको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा मृत्यु भएको छ भने मिलनकै चार वर्षीया छोरी रितु, २१ वर्षीया रिका, १२ वर्षीय अनिम राई र चालक २४ वर्षीय विजय राई घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीले जानकारी दिए ।

सो घाइतेहरूलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्