Logo

सुर्खेतमा अचार खाँदा ३१ जना बिरामी



Spread the love

२३ असोज, सुर्खेत। वीरेन्द्रनगर नगरपालिकामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी भएका छन् । स्थानीयवासी रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उनको परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुनासमेत बिरामी भएका हुन् ।

बिरामीहरुको बुधबार दिउँसोदेखि वीरेन्द्रनगरस्थित माया नर्सिङ होम, बोहरा फार्मेसी र राना मेडिकलमा उपचार भइरहेको छ । बिरामीमध्ये केहीको उपचारपछि डिस्चार्ज भइसकेका छन् । स्वास्थ्यकर्मीहरुका अनुसार बिरामीहरुमा झाडाबान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने, रक्तचाप कम हुने लक्षण देखिएको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्