Logo

कसरी बढाउने स्टामिना?



Spread the love

समयसँगै मान्छेको व्यस्तता बढ्दो छ । दिनभरि काममा व्यस्त रहन शरीरमा ऊर्जा पनि चाहिन्छ । जुन खानेकुराबाट पूर्ति हुन्छ । ऊर्जा दिने खानेकुरा नखाने हो भने लगातार काम गर्न असहज हुनका साथ साथै विभिन्न रोगहरू पनि लाग्न सक्दछ l सो कारण मानवीय जीवनमा स्टामिना बलियो बनाउनु आवश्यक छ l त्यसैले आउनुहोस् चर्चा गरौँ स्टामिना मजबुत बनाउने उपायबारे l जसलाई तल दिइएको छ l

शिलाजित :
यदि तपाईँ आफ्नो स्टामिना बढाउन चाहनुहुन्छ भने शिलाजितको सेवन गर्ने बानी बसाल्नुहोस् l जसले शारीरिक र मानसिक स्वास्थ्य राम्रो बनाउँछ । जसलाई प्राचिनकालदेखि नै स्टामिना बढाउनका लागि प्रयोग गरिँदै आएको छ l

पालुङ्गो :
स्टामिना बढाउनका लागि पालुङ्गोको सुप, जुस वा सागपात सेवन गर्नु सबभन्दा राम्रो विकल्प हो । दिनमा एक चोटि पालुङ्गोको सुप वा जुस पिउँदा घन्टौंसम्म ऊर्जा पाइन्छ ।

नरिवलको पानी :
नरिवलको पानीमा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट, मिनेरल्स र भिटामिन जस्ता तत्त्वहरू पाइन्छ । जुन हाम्रो शरीरलाई स्वस्थ राख्न एवं शरीरमा आन्तरिक शक्तिलाई मजबुत बनाउनको लागि समेत विशेष महत्त्व राख्ने गर्दछ ।

बदाम :
क्याल्सियम, फाइबर, प्रोटिन र पोटेसियमले भरपूर बदाम दिनदिनै सेवन गर्दा स्मरणशक्ति बढ्छ । यसबाहेक खाली पेटमा भिजाएको सात आठवटा बदाम खाँदा दिनभरि शरीरलाई ऊर्जा मिल्छ ।

 

घिउ :
प्राय जसो मानिसहरूलाई घिउ मनपर्ने गर्छ l जसको सेवन गर्नाले शरीरलाई बलियो बनाउनका साथ साथै शरीर स्वस्थ राख्न मदत पनि गर्दछ l त्यसैले यसको सेवन गर्नु उपयुक्त रहन्छ l

केरा :
बिहान एउटा केरा खाँदा रोगप्रतिरोधक क्षमता बढ्छ र शरीरलाई ऊर्जा प्राप्त हुन्छ । त्यसै गरी दिनमा सुस्तता आयो वा लो फील भएमा पनि एउटा केरा खानुहोस् जसलाई खादा सुस्तता भाग्दछ l

ब्राह्मी :
ब्राह्मीमा भएका एन्टीअक्सिडेन्टहरूले स्टामिना बढाउन सहायता गर्छन् र तौल बढ्न रोक्छन् । यिनीहरूले शरीरका विषाक्त कुरा शरीरबाट निकालेर रक्तकोशिकाहरूलाई विकसित गर्छन् ।

दूध र केरा :
यदि दुधलाई केरासँग मिलाएर खाने हो भने यसले शरीरलाई पर्याप्त मात्रामा मजबुत बनाउनको लागि मद्दत गर्ने गर्दछ । जसको सेवन गर्नाले शरीरमा तीव्र गतिमा शक्ति बढाउनका साथै शरीरमा नयाँ ऊर्जा थप्ने गर्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्