Logo

किन लाग्छ, बारम्बार भोक?



Spread the love

अक्सर मानिसहरूको मुखबाट सुनिने शब्द भनेकै ‘भोक लाग्यो’ l जसलाई सायदैले होलान् कम प्रयोग गर्ने त? हुन त भोक लाग्नु कुनै ठुलो कुरा होइन l तर, पेट भरि खान खाइसके पश्चात् पनि केही समयमै भोक लाग्दछ भने त्यो कुनै सानो कुरा होइन l किनकि छिनछिनमा भोक लाग्नु भनेको कुनै समस्या निम्त्याउनु हो l त्यसैले आज हामी चर्चा गरौँ, खान खाइसकेपछि पनि छिट्टै भोक लग्नुको कारणबारे l

  • कुनै व्यक्तिको बानी यस्तो पनि हुन्छ कि बिहानको खाना नखाने, जसले गर्दा शरीरमा विभिन्न किसिमका समस्या आउँछन् र जतिखेर पनि भोक लागे जस्तो हुन्छ । त्यसैले नास्ता गर्दा प्रोटीनयुक्त खानेकुरा पनि संलग्न गर्नुहोस् l जसले गर्दा बारम्बार भोक लाग्ने समस्या हटेर जानेछ l
  • यदि खानामा प्रोटीन र फाइबरको कमी भएमा व्यक्तिको पेट भरिन्न र जतिखेर पनि भोक लागेको जस्तो महसुस हुन्छ । त्यस कारण भोजनमा प्रोटीन र फाइबर सही मात्रामा हुनुपर्छ ।
  • केही मानिस हतार हतारमा खाना खादा नचपाई खान्छन् । जसले गर्दा खानेकुरा पच्दैन । अनि पेटसम्बन्धी समस्या आइलाग्छ । त्यसैले खानेकुरा जहिले पनि चपाएर खानुपर्छ l जसकारण छिट्टै भोक लाग्ने समस्याबाट छुटकारा पाइन्छ l
  • यदि शरीरमा कम क्यालोरी छ भने पनि जतिखेर पनि खाना नखाएको अनुभव हुन्छ, त्यसैले भोजन गर्नेमा क्रममा क्यालोरीले भरपूर खानेकुरा खानुपर्छ l जसकारण यस समस्याबाट छुटकारा मिल्दछ l

प्रतिक्रिया दिनुहोस्