Logo

जीपको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते



Spread the love

२३ असोज, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ बस्ने शोभा धिताल रहेकी छन् भने घाइते हुनेमा उनका श्रीमान् सुरज धिताल र छोरा अर्पण धिताल रहेका छन् l

उक्त दुर्घटना मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८च ५३१६ नम्बरको बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा भएको हो l

दुर्घटनामा घाइते भएकी शोभाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा बुधवार राति मृत्यु भएको र सोही अस्पतालमा बाबु र छोराको उपचार भइरहेको प्रहरीले जनाएको छ l

 

प्रतिक्रिया दिनुहोस्