Logo

जान्नुहोस्, मेथीका अचुक फाइदाबारे



Spread the love

मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ । यो भान्सामा अभिन्न अंगको रूपमा रहने गर्दछ । मेथीको साग महत्त्वपूर्ण हरियो तरकारीको रूपमा रहेको छ । मेथीको बीज एक बहुमुल्य औषधी समान हुन्छ । यसमा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् । जसले भोक बढाउँने तथा संक्रामक रोगबाट रक्षा गर्ने गर्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ, मेथीका फाइदाबारे l

  • यदि तपाईँ मधुमेह जस्ता समस्याबाट गुज्रीरहनु भएको छ भने मेथीको रस निकालेर बिहान बेलुका पिउँने गर्नुहोस् l जसलाई पिउनाले यस्ता समस्याबाट छिट्टै राहत मिल्ने गर्दछ l
  • मेथीको तरकारी खानाले रगतमा शुद्धता आउँछ। साथै मेथीको दानामा मुटु स्वास्थ्य राख्ने पाचन शक्ति बढाउँने र कामवासना बढाउँने क्षमता रहेको हुन्छ ।
  • मेथीमा क्यान्सर रोधक तत्त्व पाइन्छ। यसको उपयोग डायबिटीज, हाई ब्लड प्रेसर तथा पेट सम्बन्धी समस्या मा फाइदाजनक हुन्छ। मेथी मुटुका लागि विशेष लाभकारी हुन्छ।
  • अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाईँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ। जसकारण अनुहारमा रहेका काला घेरा र अन्य समस्याबाट समेत छुटकारा मिल्दछ l
  • यसमा धेरै मात्रामा फोस्फेट, लोसिथिन, भिटामिन एवं आइरन पाइन्छ जसले मानवीय शरीरको आवश्यकताहरू पूरा गर्न मद्दत गर्दछ । सो कारण यसको सेवन गर्नु उचित रहन्छ l
  • यसको दाना रातभर पानीमा भिजाएर बिहान यसलाई पिंधेर यसको पेष्ट कपालमा लगाउँनाले कपाल झर्ने समस्या रहन्न तथा कपाल लामो हुने र सुन्दर देखिने गर्दछ।
  • यसको दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ। यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ ।
  • मेथीको सेवनले एसीडिटी, अपच, अरुचि, गैस, दस्त, पेट दुखाई, बदहजमी, कब्जियत, पाचन-तंत्र को गडबडी, खोकी, सूजन, बादी, बवासीर, पेटको चुर्ना जुका आदि निर्मुल गर्ने तथा पिसाब सुचारु ढङ्गले लाग्ने गर्दछ ।
  • ज्वरो आएको छ भने एक चम्चा कागतीको रसमा मह र मेथी मिसाएर खाँदा ज्वरो घट्छ । यसले आराम अनुभव गराउनका साथै घाँटीमा हुने खस खस पनि हटाउँदछ।

प्रतिक्रिया दिनुहोस्