Logo

स्वास्थ्य बिग्रिएपछि महरा अस्पतालमा



Spread the love

२३ असोज, काठमाडौँ l यौन दुर्व्यवहारको आरोपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई अस्पताल भर्ना गरिएको छ ।

श्वास फेर्न गाह्रो भएपछि महरालाई आज दिउँसो राजधानीको थापाथलीस्थित नर्भिक अस्पताल लगेर जाँच सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित महरालाई हिरासतमा पनि अक्सिजन दिएर राखिएको थियो ।

संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महरालाई गत असोज १९ गते उनकै निवासबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्