Logo

फर्निचर उद्योगमा आगलागी हुँदा ४० लाखको क्षति



Spread the love
 

२३ असोज, कावासोती l  नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–८ मा रहेको मौलाकालिका फर्निचर उद्योगमा आगलागी हुँदा रु ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

गए राति आगलागी हुँदा रु ४० लाख मूल्य बराबरको फर्निचर, प्लाइउड, फर्निचर उद्योगका मेशिनरी सामग्री जलेर नष्ट भएका छन् l

उक्त आगोलागी विद्युत् सर्ट भएर लागेको हो l आगलागीबाट कुनै मानवीय क्षति नभएको र आगो कावासोती नगरपालिकाको दमकल, भरतपुर महानगरपालिकाको दमकल र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्