Logo

जान्नुहोस्, गोलभेँडाका फाइदाबारे



Spread the love

गोलभेँडा तरकारीको एक प्रकार जो साना-साना बोटमा फल्छ, प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ । यो एक महत्त्वपूर्ण ‘संरक्षी खाद्य’ हो, किनभने यसमा धेरै पौष्टिक मूल्य हुनुका साथै यसको व्यापक उत्पादन हुन्छ। जसको प्रयोग सुप, सलाद, अचार, झोल, टक, सस आदि बनाउन गरिन्छ । यसको स्वाद स्वादिष्ट हुनका साथ साथै स्वास्थ्यको लागि पनि गोलभेँडा फाइदाजनक साबित हुन्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ, गोलभेँडाको सेवन गर्दा हुने फाइदाबारे l

  • यदि तपाईँ घामबाट आउने विकिरण, प्रदूषण आदिका कारण कपाल झर्ने, पातलो हुने, फुस्रो हुने र टुक्रिने लगायत समस्याहरूबाट छुटकारा चाहनुहुन्छ भने गोलभेँडाको सेवन गर्ने बानी बसाल्नुहोस् l
  • गोलभेँडामा भिटामिन-सी, भिटामिन-ए र बेटा-क्यारोटिन नामक एण्टिअक्सिडेन्टहरू पाइन्छन्। यी एण्टिअक्सिडेन्टले फ्रि राडिकलद्वारा क्षय भएका हाम्रा कोषहरूलाई निको बनाउने काम गर्दछ।
  • गोलभेँडामा भिटामिन–के र क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ, जसले हड्डीलाई बलियो बनाउँछ । त्यसैले दिनहुँ यसको सेवन गर्नु उपयुक्त रहन्छ l
  • गोलभेँडामा पाइने भिटामिन–ए, भिटामिन–बि, पोटासम जस्ता तत्त्वले मुटुसम्बन्धी रोग लाग्ने जोखिम घटाउनुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नसमेत दिँदैन ।
  • धारिलो हतियारले काटेको अथवा आगोले पोलेको ठाउँमा असाध्यै जलन भएको छ एकैछिनमा राहत पाउन चाहनुहुन्छ भने, पाकेको रातो गोलभेँडा निचोरेर पोलेको भागमा लगाइदिनुहोस् । जसले गर्दा जलनलाई राहत दिने काम गर्दछ ।
  • के तपाईँ तनावमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने गोलभेँडाको सेवन गर्ने गर्नुहोस् l जसमा भिटामिन–सी प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरमा रहेको स्ट्रेस हार्मोन कम गरी व्यक्तिलाई तनाव रहित बनाउन मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्