Logo

ग्यास्ट्रिकबाट कसरी पाउने छुटकारा? अपनाउनुहोस् यी घरेलु उपाय



Spread the love

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने लगायतका लक्षणलाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । खानपिनको समय नमिल्नु, अमिलो पिरो चिल्लो खानेकुरा खानु लगायत धेरै कारणले ग्यास्ट्रिक हुने गरेको छ । ग्यास्ट्रिक भएकाहरूलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने, छाती र पेटको बिचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुने गर्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ, यस समस्याबाट बच्न सकिने घरेलु उपायबारे l

  • यदि तपाईँ ग्यास्ट्रिक जस्ता समस्याबाट गुज्रीरहनु भएको छ भने एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखी उमालेर सेवन गर्नुहोस् l जसले गर्दा सो समस्याबाट छुटकारा मिल्ने गर्दछ l
  • २–३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिस्नु, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमाल्नु र यसको सेवन गर्नु लाभदायक छ ।
  • के तपाईँमा ग्यास्ट्रिक जस्ता समस्या समावेश छ? यदि छ भने तातो दूधमा आधा चम्चा दालचिनीको धूलो, मह अलिकति मिसाई पिउनुहोस् l जसकारण यस समस्याबाट राहत पाउन सकिनेछ l
  • ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् l
  • बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रूपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्