Logo

अष्ट्रेलियासँग फराकिलो गोल अन्तरले हार्यो नेपाल



Spread the love

२३ असोज,काठमाडाैँ – विश्वकप २०२२ अन्तर्गत नेपालले खेलेको तेश्रो खेलमा नेपाल पराजित भएको छ । आज अष्ट्रेलियाको जिओ स्टेडियममा भएको खेलमा नेपाल अष्ट्रेलियासँग ५–० गोलले पराजित भएको हो ।

नेपाल विरूद्ध सहज जित दर्ता गर्दा अष्ट्रेलियाका जेमी म्याकलरेनले ३ तथा ह्यारी सटरले २ गोलको योगदान गरे ।

तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी बिरूद्ध नेपाल खेलको छैठौँ मिनेटमा नै पछि परेको थियो । अष्ट्रेलियाले पाएको फ्रि(किकमा म्याकलरेनले सुरूवाति गोल गर्दा १९ औँ मिनेटमा म्याकलरेनले नै व्यक्तिगत दोश्रो गोल गर्दा नेपाल २ गोलले पछाडी पर्यो ।

त्यसैगरी अष्ट्रेलियाका लागि डेब्यु खेल खेलेका ह्यारी सटरले २३ र ५९  मिनेटमा गोल गर्दा नेपाल पराजय उन्मुख भएको थियो । खेल सकिन १ मिनेट बाँकी रहँदा म्याकलरेनले ह्याट्रिक पुरा गर्दा नेपालले ५–० को पराकिलो पराजय व्यहोर्यो ।

प्रतिक्रिया दिनुहोस्