Logo

बाढीपीडितलाई भुटानी शरणार्थीको सहयोग



Spread the love

२३ असोज, म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई अमेरिकाबाट भुटानी शरणार्थीले सङ्कलन गरी पठाएको नगद वितरण गरिएको छ ।

गत असोज ४ गते राति आएको बाढीले विस्थापित भएकालाई बुधबार एक कार्यक्रमको आयोजना गरी अमेरिकाको न्यूर्योकस्थति अमेरिकी नेपाली चर्चमार्फत सङ्कलन गरिएको ३९ हजार ७८३ एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

लामो समयसम्म म्याग्दीमा मजदूरको रुपमा काम गरेर हाल अमेरिकामा रहेका चन्द्र आलेमगरको पहलमा सङ्कलन गरिएको आर्थिक सहयोग बेनीमा निर्माण व्यवसायी भरतप्रसाद पौडेलमार्फत बगरफाँटमा आयोजित कार्यक्रममा दिलप्रसाद जुग्जाली, रमेश परियार, पार्वती परियार, मायाँ परियार, रस्मी परियार र अनिता परियारलाई प्रतिव्यक्ति रु चार हजारको दरले वितरण गरिएको थियो । विस्तपित भएका सेते किसानलाई छोरीज्वाइँले समेत गरी दशैँ खर्चस्वरुप रु ११ हजार ५०० सहयोग गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा भरतप्रसाद पौडेलले आफूसँग बेनीमा सात वर्षसम्म काम गरेर अमेरिका पुगेका आलेले यहाँको समस्याका बारेमा जानकारी पाएपछि सहयोग गरेको बताए । बाढीबाट विस्थापितलाई राहत सहयोग भइरहे पनि पुनःस्थापनाको अझै टुङ्गो लागेको छैन । पूर्णरुपमा विस्थापित दुई परिवार अहिले पनि सरस्वती आधारभूत विद्यालयको कोठामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्