Logo

बेल्जियम युरोकप फुटबलमा छनोट हुने पहिलो टोली बन्न सफल



Spread the love

२४असोज, काठमाडौँ । सान मारिनोलाई पराजित गर्दै बेल्जियम अर्को वर्षमा हुने युरोकप फुटबलमा छनोट हुने पहिलो टोली बन्न सफल भएको छ । बिहीबार राति भएको खेलमा बेल्जियमले सान मारिनोमाथि ९–० को सानदार जित हात पारेको हो ।

बेल्जियमले पहिलो हाफमा ६–० को अग्रता बनाएको थियो। पहिलो हाफमा बेल्जियमका लागि रोमेलो लुकाकुले दुई तथा नासेर चाड्ली, टोबे एल्डरविर्ड र युरी टेलिमान्सले एक एक गोल गरे। बेल्जियमले अर्को आत्मघाती गोल उपहार पाएको थियो। दोस्रो हाफमा क्रिष्टियन बेन्टेके, यारी भर्सचेरिन र टिमोथी कास्टग्नीले थप १–१ गोल गरेपछि बेल्जियमले सहज नतिजा निकालेको हो।

जितसँगै समूह ‘आई’मा रहेको बेल्जियमले ७ खेलबाट २१ अंक जोडेको छ । दोस्रो स्थानको रुसको १८ अंक छ ।

युरोकप फुटबल छनोटकै अर्को खेलमा रुसले स्कटल्यान्डलाई ४–० ले पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्