Logo

साफ यु–१५: नेपालले आज पहिलो संस्करणको विजेता बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै



Spread the love

२४असोज, काठमाडौँ । भुटानमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच भिडन्त हुँदैछ । प्रतियोगिताको दोस्रो खेलमा नेपालले पहिलो संस्करणको विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल थिम्पुमा स्थानीय समय अनुसार दिउँसो ३ बजे बाट सुरु हुनेछ ।

प्रतियोगिताको फाइनल पुग्न नेपाललाई बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब रहेको छ । पहिलो खेलमा नेपाल भारतसंग ४–१ को फराकिलो अन्तरले पराजित भएको थियो ।

राउण्ड रोबिन लिगका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो संस्करणको उपाधि बंगलादेशले र दोस्रोको भारतले हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्