Logo

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा भारत बलियो स्थितिमा



Spread the love

२४असोज, काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो दिन भारत बलियो स्थितिमा पुगेको छ। बिहीबारदेखि पुणेमा सुरु भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ थालेको थियो।

भारतका लागि ब्याट्सम्यान मयान्क अग्रवालले शतक प्रहार गरे। मौसम खराब भएकोले पहिलो दिन ८५.१ ओभर मात्र खेल हुन सक्यो। जसमा भारतले तीन विकेटको नोक्सानीमा २ सय ७३ रन बनाएको छ। भारतका लागि कप्तान विराट कोहली ६३ रन बनाएर क्रिजमा टिकी रहेका छन्। उनलाई अजिन्क्या रहाणेले १८ रन बनाएर साथ दिइरहेका छन्। यसअघि रोहित शर्मा १४ र चेतेश्वर पुजारा व्यक्तिगत ५८ रन पेवेलियन फर्किएका थिए।

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ४८ रन खर्चिएर ३ विकेट हात पारेका थिए। आइसिसी वर्ल्ड टेस्ट च्याम्पियनसिपअन्तर्गत यी दुई देशबीचको तेस्रो तथा अन्तिम टेस्ट राँचीमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्