Logo

दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु, एक जना बिरामी



Spread the love

२४ असोज, दाङ। सर्पले टोकाइबाट दाङमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना भने गम्भीर बिरामी भएका छन् । घोराही उपमहानगरपालिकामा ३५ वर्षीय बुद्धिराम चौधरीको सर्पले डस्दा ज्यान गएको हो ।

बिहीबार बेलुकी खेतमा काम गर्दै गर्दा सर्पले डसेर बिरामी भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै, दाङको शान्तिनगर गाउँपालिकामा ६० वर्षीय रामबहादुर रावत सर्पको टोकाइबाट गम्भीर बिरामी भएका छन् । आफ्नै घरको बरान्डामा बसिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा सर्पले टोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्