Logo

पाँचथरमा हत्याको आरोपमा तीन जना पक्राउ



Spread the love

२४ असोज, पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा भएको दुई वटा छुट्टाछुटै हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ ।

असोज १६ गते याङवरक–२ मा ३८ वर्षीय रामलाल कार्कीको टाउकोमा ढुङगा प्रहार गरी हत्या भएको थियो । यो घटनामा संलग्न रहेको आरोपमा फरार रहेका २३ वर्षीय रनबहादुर सेलिङलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, बुधबार याङवरक गाउँपालिका – ६ नागीमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । घर ज्वाइँ बस्दै आएका अर्जुन मावोको छुरी प्रहार गरी बुधबार हत्या भएको थियो । १७ वर्षीय आइतराज योङहाङ र २० वर्षीय बुद्धिराज योङहाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारि अनिलकुमार पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्