Logo

सपनामा बारम्बार मरेका मानिस देखिनुको रहस्य के हो ?



Spread the love

जीवन र मृत्यु जीवनको सबभन्दा ठूलो धुर्ब सत्य हो । मानिस जन्मिए पछि एक न एक दिन त मर्ने पर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउने गर्छन् । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् ।

भौतिक शरीर छोडेर जाने हाम्रा प्रियजन हाम्रो सपनामा झुल्किने भनी अध्यात्म र मनोविज्ञान दुवैमा उल्लेख गरिएको छ । उनीहरू हाम्रो हितका लागि देखापर्छन् । हामीले त उनीहरूको इशारा बुझे पुग्छ । सपनामा आएर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिनुका साथै पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ ।

सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको छु भन्ने ठान्छ । कहिलेकाहीँ त निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कँदैन । यस्ता सपनामा आउने परिचित व्यक्ति जीवनमा बिरामीकै कारण मरेका हुन् भने पनि स्वस्थ देखिन्छन् । सपनामा देख्दा उनीहरूको अनुहार चमकदार हुन्छ ।

मृत परिचितले सपना देख्ने मान्छेलाई आफू जहाँ भएपनि खुशी भएको आश्वासन दिन्छन् । तिमी पनि खुशी भएर बस भनी उनीहरू जनाउँछन् ।

सपनामा आउने मृत प्रियजनले जीवनमा आउने ठूलो समस्याका बारेमा सावधान गराउँछन् । जीवनका महत्वपूर्ण फैसलामा उनीहरू निर्देशन पनि दिने गर्छन् ।

कहिलेपनि सपनामा आउनेले आफ्नो कुरा शब्दमा व्यक्त गर्दैनन् । इशारा र हाउभाउबाट आफ्नो कुरा बताउँछन् । यस्तो सपना देख्ने व्यक्तिले आफूमा सकारात्मक ऊर्जा आएको महसूस गर्छ । दुःखबाट मुक्ति पाउन मद्दत गर्छ यस्तो सपनाले ।

प्रतिक्रिया दिनुहोस्