Logo

बन्दुकले हानेर श्रीमती र छोरीको हत्या, छोरा घाइते



Spread the love

२४ असोज, सिन्धुली। सामान्य घरायसी विवादमा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। गोलन्जोर गाउपालिका–६ नाकाजुलीमा टेकबहादुर मस्राङगीले ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको बन्दुकले हानी हत्या गरेका हुन्।

मादक पदार्थ सेवन गरेका टेकबहादुर श्रीमती किरणसँग विवाद गरी सुतेको थिए। तर, सुतेको केही समयपश्चात पुनः राति घरमा रहेको भरुवा बन्दुक प्रहार गरेर श्रीमती र छोरीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरी उपरीक्षक सिंहका अनुसार टेकबहादुरले धारिलो हतियार प्रहार गरी छोरा १९ वर्षीय कृष्णलाई पनि घाइते बनाएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्