Logo

यसकारण खाने गरौँ, तिते करेला



Spread the love

तिते करेला वैज्ञानिक वर्गीकरण अनुसार फूलफुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्ने एक वनस्पति हो । यो हेर्नमा हरियो र सेतो, स्वादमा तिते करेला खनिज पदार्थ युक्त तथा औषधीय गुणले भरपूर सब्जी हो । सब्जीको रूपमा प्रयोग गरिने करेला लहरामा फल्ने फल हो । यो खाँदामा तितो भएता पनि स्वास्थ्यका लागिभने निकै उपयुक्त मानिन्छ । त्यसैले आज हामी चर्चा गरौँ, तिते करेलाको सेवन गर्दा स्वास्थ्यमा पुग्ने फाइदाबारे l

  • यदि तपाईँ कमलपित्त जस्ता रोगको बिरामी हुनु हुन्छ भने एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर बिहान/बेलुका खाने गर्नुहोस् l जसले गर्दा सो रोगबाट छुटकारा पाइने छ l
  • करेलाको सेवन गरेमा टाउको दुख्ने, घाँटी एवं पेटको क्यान्सरसम्मको ओखती हुन्छ l त्यसैले दिनहुँ तिते करेलाको प्रयोग गर्नु उपयुक्त रहन्छ l
  • यदि उच्च रक्तचाप भएका बिरामीहरूले पनि बिहान तिते करेलाको जुस वा तरकारी खाने हो भने उच्च रक्तचाप जस्ता समस्या कम हुँदै जानेछ l
  • के तपाईँ मोटोपनबाट छुटकारा पाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने करेलाको रस कागतीमा मिसाएर पानीसँग पिउनुहोस् l जसले गर्दा तौल नियन्त्रण हुन्छ ।
  • यदि तपाईँ मधुमेह जस्ता समस्याबाट पीडित हुनहुन्छ भने पनि करेलाको सेवन गर्ने बानी बसाल्नुहोस् l जसले गर्दा सुगर लेभल नियन्त्रण गर्छ ।
  • ठुलो चम्चाको एक चम्चा करेलाको रस मख्खनमा मिलाएर खाएमा पेटको दुखाइ कम हुन्छ । करेलाको रस पेट दुखाइ कम गर्न अचुक औषधि मानिन्छ l
  • करेला खाएमा कब्जियत हुनबाट मानिसलाई जोगाउँछ । करेलामा फाइबर हुने भएकाले पाचन प्रक्रिया मजबूत बनाउन करेला सहयोगी हुन्छ ।
  • करेला पत्थरी भएकाहरूका लागि पनि फाइदा जनक हुन्छ । साथै, मिर्गौलामा पत्थरी भए करेला खाने गरेमा सो समस्याबाट छूटकारा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्