Logo

जान्नुहोस् निबुवा खानुका फाइदाबारे



Spread the love

निबुवा नेपालमा पाइने एक किसिमको फल हो । जुन सिटरस वर्गमा पर्दछ। यसको फल अमिलो हुन्छ । जसमा साइट्रिक एसिड पाइन्छ । यसबाट चुक पनि बनाइन्छ । जसबाट भिटामिन सी प्राप्त हुन्छ । सायदै होलान् जसलाई निबुवाको स्वाद मन नपर्ने त? यसको सेवन गर्दा जतिनै यसको स्वाद रसिलो वा अमिलो हुन्छ त्यतिनै निबुवा फाइदाजनक पनि हुन्छ l जसको सेवन गर्नाले स्वास्थ्यमा फाइदा पुर्‍याउँछ l त्यसैले आउनुहोस् चर्चा गरौँ निबुवाको सेवन गर्दा पुग्ने फाइदाबारे l

  • यदि तपाइको चिसोका कारण घाँटीमा कफ बसेको छ भने निबुवाको बा्ेक्राको सेवन गर्नुहोस् l जसले गर्दा उक्त समस्याबाट सजिलैसँग छुटकारा पाउनु सकिनेछ l
    जब मानिसहरूले खाना खान्छन्, तब खाएको खाना सजिलैसँग नपच्न पनि सक्छ l त्यसैले तपाइको खाएको मासु होस्बु खाना पचाउनका लागि निबुवा खानुहोस् l जसको सेवन गर्दा खान सजिलैसँग पच्ने गर्छ l
  • यदि तपाइको कुनै व्यक्ति रक्सीको सेवन गरी आएको छ भने सो व्यक्तिलाई निबुवाको सेवन गर्न दिनुहोस् l जसको अमिलोपनले चाडै रक्सीको नशालाई उतार्छ l
  • के तपाईँलाई भोक नलाग्ने समस्या छ? यदि छ भने निबुवाको सेवन गर्ने बानी बसाल्नुहोस् l जसको सेवन गर्दा भोक जगाउने जस्ता काम गर्दछ l
  • यदि तपाईँमा पिसाब सम्बन्धी खराबी पत्थरी तथा दाँतको दुखाइ जस्ता समस्या छ भने निबुवाको सेवन गर्नु उचित रहन्छ l जसले गर्दा सो समस्याहरूबाट वन्चित राख्दछ l

प्रतिक्रिया दिनुहोस्