Logo

ब्राउन सुगरसहित युवती पक्राउ



Spread the love

२५ असोज, धनगढी – प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई शुक्रबार पक्राउ गरेको छ ।

त्रिनगर भन्सार नाकामा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–६ की २४ वर्षीया कौशिल्या चौधरीलाई तीन ग्राम छ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्दा चौधरीले शरीरमा लुकाइछिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्