Logo

काभ्रेमा दुर्घटना, दुई जनाको मृत्यु



Spread the love

२५ असोज, काभ्रे – काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी शुक्रबार दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो । मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान र वकिल बोम्जन रहेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । मोक्तान र बोम्जनको घटनास्थलमै मुत्यु भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्