Logo

दुईदिने राजकीय भ्रमणका लागि आज चिनियाँ राष्ट्रपति सी नेपाल आउँदै



Spread the love

२५ असोज, काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउने भएका छन् । सी आज राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका हुन् ।

भारत भ्रमणमा रहेका सी शनिबार अपराह्न ४ः३०– ५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारले सीलाई त्रिभुवन विमास्थलमा उच्च सम्मानका साथ भब्य स्वागत गर्ने तयारी जोडतोडले गरेको छ ।

शनिबार काठमाडौंमा अवतरण गरेसंगै सीले केहीबेर विश्राम गर्ने र त्यसपछि भेटघाटका कार्यक्रमलाई तीव्रता दिने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्