Logo

नवलपरासीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते



Spread the love

२५ असोज, कावासोती। नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जिप दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएको छ । यस्तै, चार जना घाइते भएका छन् ।

शुक्रबार साँझ पाल्पाबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जिप निरन्दीखोलामा दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४ का हरि अधिकारी क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा पोखरा मनिपाल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिएका छन्।

दुर्घटनामा परी आशिस खनाल, सूचना पाण्डे, पवन तिवारी रसङ्गीता पोख्रेल घाइते भएका छन् । घाइते चारै जनाको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्