Logo

यस्तो कारण हुनेले विवाह कहिल्यै नगर्नु !



Spread the love

प्राय: किशोर किशोरीहरुले विवाह छिट्टै गर्ने गर्छन् , जो पछि गएर पछुताउने बाटो बन्दछ । यद्यपि, उनीहरुले विवाह आफ्नो खुशीले गरेका हुँदैनन् । केही न केही बाध्यता हुने गर्दछ । यदि तपाईं बाध्यतामा परेर विवाह गर्दै हुनुहुन्छ भने यस्तो गलत निर्णय कहिल्यै नलिनु जसको प्रतिफल तपाईले पछि गएर भोग्नु पर्ने हुन्छ।

बढ्दो उमेरको चिन्ता: धेरै जसो परिवारका सदस्यहरुले तपाईंलाई उमेर ढल्किन लागिसक्यो, अहिले विवाह नगरे कहिले गर्ने भन्दै विवाहका लागि दबाव दिने गर्छन् । छोरीलाई विवाह गर्नका लागि बाध्य पार्ने आमा–बुवाले आजैका दिनदेखि छोरीलाई दबाव दिन रोक्नुपर्छ । जब छोरीहरु विवाहका लागि तयार हुन्छन, तब मात्रै विवाह गरिदिनु पर्छ ।

पारिवारिक दबाव: अधिकांश परिवारका सदस्यहरुले तपाईंलाई अब त विवाह गर्नुपर्छ भन्दै दबाव दिन्छन् । आमा–बुवाको दवावका कारण छोरीहरु पनि विवाहका लागि सहजै तयार हुन्छन् । जसबाट तपाईंलाई बिहेपछि पश्चाताप भईरहेको हुन्छ ।

आफन्तको दबाव: कहिलेकाहीँ आमा–बुवाले कुरा बुझिसकेका हुन्छन्, तर केही आफन्तहरु त्यस्ता पनि हुन्छन्, जसले युवतीका आमा–बुवामाथि दबाव दिइरहन्छन् । यदि तपाईंको परिवारमा पनि कुनै आफन्तले विवाहका लागि दबाव दिइरहेका छन् भने सावधान हुनुहोला दबावमा आएर बिवाहगर्दा पछुताउनु पर्नेछ ।

ब्रेकअपलाई बिर्सन: कतिपय व्यक्तिहरु ब्रेकअप भएको समयमा विवाहको प्रस्ताव आयो भने उनीहरुले त्यसलाई तत्काल स्वीकार्छन् । आफ्नो प्रेमलाई बिर्सन यदि तपाईंले विवाहको प्रस्ताव स्वीकार्नुभएको हो भने त्यो गल्ती नगर्नु होस् ।

सम्पत्ति: कतिपय व्यक्तिहरु आर्थिक सम्पन्नता र रहनसहन देखेर विवाहका लागि तयार हुन्छन् । तर, विवाहपछि जब व्यवहार चाहेको जस्तो जस्तो हुँदैन, त्यो बेला उक्त वैवाहिक जीवन लामो समयसम्म अघि बढ्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्