Logo

फेसबुक जस्ता सामाजिक सञ्जाल अहिले डिप्रेसनको मुख्य कारण बन्दै!



Spread the love

प्राय: सबै कुनै न कुनै मध्यमबाट सामाजिक सञ्जालमा जोडिएका छौं । त्यही माध्यामबाट हामी आफन्त, साथीभाईसँग भलाकुसारी गर्छौं । आजकल हामी सामाजिक सञ्जालमा हामी यति ब्यस्त भएका छौं कि, मानौं त्यही नै हाम्रो सबै थोक हो । जबकी सामाजिक सञ्जालकै कारण हामी धेरै कुरा गुमाउँदै आइरहेका छौ । यसले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत असर पुर्याउनका साथै डिप्रेसनको मुख्य कारण समेत बन्दै गईरहेको छ ।

डिप्रेसनको कारण :
लगातार एकै प्रकारको काम गर्छौ भने त्यसलाई हाम्रो बानी हुन थाल्छ र हाम्रो बानीले हामी जीवनको कुन गन्तव्यमा पुग्छौं भन्ने कुरा निर्धारण गर्छ । हाम्रो राम्रो बानीले हामीलाई खुशी बनाउँछ भने नराम्रो बानीले नकारात्मक असर गर्छ । त्यस्ता केही बानी हामीलाई एक्लोपन र दुःखको बाटोमा डोहोर्‍याउने गर्छ ।

सधैं अनलाइन रहने बानी:

जब हामी दुःखी र तनावग्रस्त महसूस गर्छौ, त्यसैले आफुलाई रिल्याक्स गर्नका लागि प्रायः फेसबुक, इन्स्टाग्राम अथवा व्हाट्सऐप जस्ता चलाउने गर्छौ । सोसल मीडियामा धेरै समय बिताउनाले, अरुको जीवनको रमझम, उनीहरुको रमाइलो र खुशीको तस्वीरहरु र अपडेट्सहरु देखेर तपाई आफ्नो बाँचिरहनु भएको जीवनप्रति झन् दुःखी हुन थाल्नु हुन्छ ।

यस्तो परिस्थितिबाट कसरी मुक्त हुने ?

यदि तपाईंलाई कुनै कुराको तनाव भएको छ भने सोसल मिडियाको सहारा लिनु भन्दा किताबहरु पढ्नुहोस् । यस बाहेक भर्चुअल जीवन भन्दा वास्तविक जीवन जिउने कोशिस गर्नुहोस् । कतै घुम्न निस्कनुहोस् । कतै बगैँचामा घुम्न जाने अथवा साथीभाईहरुसंग भेटघाट गर्नुहोस् । साथै वास्तविक जीवनसंग जोडिनुहोस, यसबाट टाढा नभाग्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्