Logo

आयुर्वेद चिकित्सालयमा आगलागी



Spread the love
Fuoco 4

२६ असोज, दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको पञ्चकर्मा कक्षमा शनिबार आगलागी भएको छ । ग्यासमा पानी तताउने क्रममा आगलागी भएको अस्पतालका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुरले जानकारी दिए ।

आगलागीबाट यहाँ रहेका टेबुल, दराजलगायत सामग्री जलेर नष्ट भएको छ । “अस्पतालको सेवा केही दिन प्रभावित हुने अवस्था छ”, उनले भने, “सेवा प्रदान गर्न वैकल्पिक उपाय अपनाइनेछ ।” आगलागीबाट झण्डै रु एक लाख बराबरको क्षति भएको डा ठाकुरले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सालयका कर्मचारी र स्थानीयवासीले आगो निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस्