Logo

अवैध सामान बरामद



Spread the love

२६ असोज, विराटनगर – विराटनगर महानगरपालिका–१० स्थित तीनटोलियाबाट भन्सार चोरी तस्करी गरी ल्याइएको रु तीन लाख ५० हजार मूल्य बराबरको सामग्री प्रहरीले शनिबार बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउजले दिएको जानकारीअनुसार वडा नं १० स्थित तीनटोलीयामा भारतबाट ल्याइएको तयारी कपडा तथा धाराका सामान बेवारिसे अवस्थामा बरामद गरिएको हो ।

उक्त सामानहरु आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालय पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्