Logo

जीप र बोलेरो ठोक्किँदा एकको मृत्यु



Spread the love

तनहुँ ।  आज(आइतबार) तनहुँको गुणादीमा बोलेरो र बस जुध्दा बोलेरोको चालकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा बस र बलेरो जिप आपसमा ठोक्किँदा जिप चालक नवलपरासी सरावल गाउँपालिका–१ का २२ वर्षीय रमेश थारूको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

नवलपरासीबाट केरा बोकेर पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नम्बरको बलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ग१ख ४०२२ नम्बरको बस आपसमा ठोक्किँदा साे दुर्घटना भएको हो । सानो घुम्तीमा तीव्र गतिमा सवारी हाँकेका कारण दुर्घटना भएको डीएसपी लामिछानेले बताए ।

दुर्घटनामा बलेरो जिपको अगाडिको भागमा पूर्ण रूपमा क्षति पुगेको छ । चालकसहित बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्