Logo

बालिका बलात्कारको आरोपमा किशोर पक्राउ



Spread the love

कैलाली । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ की १२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका हुन् ।

शनिवार राति ९ बजे ठूली आमाको घरमा लगेर बालिकामाथि बलात्कार गरेको आरोप बालिकाका आफन्तले लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार आफन्तले खबर गरेपछि १४ वर्षीय किशोरलाई उत्तरवेहडीबाटै पक्राउ गरिएको हो ।

बालिकाको स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्