Logo

उसु खेलाडीहरूलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न



Spread the love

चार्मिङ फिट्नेश एण्ड डान्स स्टुडीयाे प्राङ्गणमा नेपाल भाेलिन्टियर उसु कमिटिकाे पहलमा ललितपुर जिल्ला उसु संघकाे संयाेजकत्वमा आज १५ औँ विश्व उसु च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा प्रिन्ट एक्सप्रेशका प्राेप्राईटर श्री अजय महर्जन ज्युले खेलाडी तथा अफिसियलहरुलाई टि-सर्ट प्रदान गर्नु भयाे साथै हरिसिद्धि उसु क्वानका सस्थापक प्रशिक्षक श्री रामगाेपाल महर्जन ज्युले सहभागी खेलाडीहरुलाई जुत्ता प्रदान गर्नु भयाे ।

त्यसैगरी भक्तपुर जिल्ला उसु संघका अध्यक्ष श्री शुभराम मुनंकर्मी ज्युले भक्तपुर जिल्लाबाट सहभागी हुने खेलाडीलाई नगद रु ५०००/- ब्यक्तिगत तर्फबाट सहयाेग प्रदान गर्नु भयाे । उक्त कार्यक्रममा नेपाल उसु महासंघका उपाध्यक्ष श्री राजिव महर्जन तथा भाेलिन्टियर उसु कमिटिका संयाेजक श्री मन्जुर महर्जनले सम्पुर्ण खेलाडीहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्नु भयाे ।।

भुजेल सल्लेरी खबरका फोटो पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्