Logo

यस्ता छन्, निमका अचुक फाइदा



Spread the love

निम एउटा औषधीय गुण भएको रूख हो । जसले औषधीको समेत काम गर्दछ l जुन स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । तर यसको स्वाद तितो हुन्छ l जसकारण अधिकांश जसो मानिसहरूले यसको सेवन गर्न मनपराउदैनन्, त्यसैले यसको जतिनै गुणहरू भएता पनि उपयोग गर्न त्यति रुचाउँदैनन् । त्यसैले आज हामी चर्चा गर्नेछौँ, निमको सेवन गर्दा स्वास्थ्यमा पुग्ने फाइदाबारे l जसलाई तल उल्लेख गरेका छौँ l

  • यदि शरीरमा ज्वरो छ भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनुहोस्, आधा गिलास भए पछि बिहान खाली पेटमा नियमित खाने गर्नुहोस्, जसले गर्दा जस्तो पुरानो ज्वरो पनि जाती हुनेछ l
  • कुनै व्यक्तिको आँखा दुखेको छ भने पनि निमको कमलो पातको रस मनतातो पारेर जतापट्टिको आँखा दुखेको छ त्यसको अर्को पट्टिको कानमा ३\४ थोपा हाल्नुहोस् l जसकारण सो समस्याबाट छुटकारा पाइनेछ l
  • यदि तपाइको दाँत सम्बन्धी केही समस्या छ भने निमको फुलको काँढा पकाएर बिहान\बेलुका कुल्ला गर्ने बानी गर्नुहोस् l जसले गर्दा दाँत सम्बन्धी समस्याहरू निको हुनेछ ।
  • निममा एन्टी इंफ्लेमेट्री तत्‍व पाइन्छ, जसले गर्दा चाया, डण्डीफोर आदि समस्याबाट सजिलैसँग छुटकारा पाउन सकिनेछ l साथै निमको जुसले अनुहार तथा शरीरको छालाको रङ्ग निखार्नमा विशेष भूमिका खेल्दछ ।
  • मधुमेहका रोगीलाई समेत निमको रसले फाइदा गर्छ । सुगरको लेभल नियन्त्रणमा राख्न भूमिका खेल्छ । यसले कोलेस्ट्रोलसमेत घटाउँछ । उक्त कारण यसको सेवन गर्नु उचित रहन्छ l
  • निमको सुकेको पात अन्न वा भकारीमा राख्दा किरा लाग्दैन साथै यसको ९ /१० वटा कलिलो पात घिउमा भुटेर खाँदा अरुचि कम हुन्छ र निमको पात दहीसँग पिसेर दादमा लगाउँदा दाद निको हुन्छ ।
  • निमको एक मुठी पात कुटेर मनतातो पानी घाउ र खटिरामा बाँधी दिने हो भने छिट्टै घाउ खटिरा निको हुनेछ । घाउ खटिरा, बालतोड, पाकेको घाउ आदिमा पनि आराम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्