Logo

जान्नुहोस्, बेलका फाइदाबारे



Spread the love

बेललाई संस्कृतमा श्री फल भनिन्छ | यो ६–१० मि. सम्म अग्लो हुने अर्ध– पतझर रुख हो । यसका पातहरूमा एउटै पत्र डाँठमा तीनवटा पातहरू छुट्टिएका हुन्छन् र यसलाई बेलपत्र भनिन्छ । तीनवटा पातमध्ये बिचको पात केही ठुलो हुन्छ । पातका साइज ५– १० से. मी. लामा र २.५– ६.३ से. मी. सम्म चौडाई भएका र अण्डाकार र टुप्पो चुच्चो परेको हुन्छ। यसका आँख्ला नजिकै सोझा काँडाहरू हुन्छन् । फूलहरू हरिया–सेता रंगका र बास्नादार हुन्छन् । फूलहरूको व्यास करिब ३ से. मी. सम्म हुन्छन् भने फल गोलाकार करिब १५ से.मी सम्म व्यास भएका र बाहिरी आवरण एकदम कडा हुन्छ । फल भित्र ८–१५ वटा कोठाहरू हुन्छन् जसमा बिउ र सुन्तला रङ्गको गुदी भरिएको हुन्छ । यसको सेवन गर्नाले पनि स्वास्थ्यमा फाइदा पुर्‍याउने गर्छ l त्यसैले सो फाइदाबारे आज हामी चर्चा गर्नेछौं l

  • बालबेल भनेको काँचो चाना पारेर सुकाएर राखेको बेल हो, जसलाई कुटेर बिहान–बेलुका एक–एक चम्चा काँडा पकाएर खाने गरे पेट सम्बन्धी सम्पूर्ण रोगहरू ठिक हुन्छ ।
  • गिजा दुख्ने, पाक्ने भएमा बेलपत्रको धूलोमा तोरीको तेल तीन÷चार थोपा, नुन एक चिम्टी र एक चिम्टी बेसार हालेर औँलाले बिस्तारै गिजामा मालिस गर्ने र तातो पानीले केही दिन कुल्ला गर्ने हो भने सो समस्याबाट केही दिनमै छुटकारा पाइनेछ l
  • अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बाल बेलको चिया खाने गरेमा पित्तको रोग ठिक हुन्छ र यसले धित पनि मार्छ । सो कारण यसको सेवन गर्नु उचित रहन्छ l
  • यदि तपाईँ दम रोगको पीडित हुनुहुन्छ भने बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान÷बेलुका खाने गनुहोस् l जसकारण दमको रोग समन हुँदै जानेछ l
  • के तपाईँ झाडा पखाला लागेर हैरान हुनुहुन्छ? यदि हुनुहुन्छ भने बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाने गर्नुहोस् l जसले गर्दा जस्तो सुकै दिसा–झाडा लागेको पनि तीन–चार मात्रामै ठिक हुन्छ ।
  • जतिसुकै कडा र पुरानो आउँ रगत परेको छ भने पनि बाल बेलको काँढा बिहान–बेलुका सेवन गर्ने बानी बसाल्नुहोस् l जसले गर्दा तीन–चार दिनमै ठिक भएर आउँछ ।

प्रतिक्रिया दिनुहोस्