Logo

कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु, ३ जना घाइते



Spread the love

२७ असोज, कपिलवस्तु । तौलिहवा मर्यादपुर सडक खण्डमा २ मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाले ज्यान गुमाएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका-५ का ४५ वर्षीय इन्द्रमणि चौधरी रहेको प्रहरीले जनाएको छ।

मर्यादपुरबाट तौलिहवा आउँदै गरेको यूपी ५५ एए ५३८६ नम्बरको मोटरसाइकल र मर्यादपुरतर्फ जाँदै गरेको यूपी ५५ एए ११९३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा परी दुवै मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन्।

घाइते हुनेहरुमा मृतक चौधरीकी पत्नी विमलावती कुर्मी, शिवसागर हरिजन र उनका भाइ गंगा हरिजन रहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताएका छन् । घाइते ३ जनालाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्