Logo

के तपाइको ‘ब्लड प्रेसर लो’ छ? खाने गर्नुहोस् यी चिजहरू



Spread the love

यदि शरीर स्वस्थ राख्ने हो भने त्यसका लागि मुटु स्वस्थ हुनु पनि आवश्यक छ । तर आधुनिक र व्यस्त जीवनशैलीका कारण अधिकांश जसो मानिसहरूले खानपानमा ध्यान दिने गर्दैन् l जसकारण रक्तचापको समस्या सामान्य बन्दै गएको छ । शरीरमा नियमित रक्तसञ्चार सामान्य भन्दा कम भयो भने न्यून रक्तसञ्चार (लो ब्लड प्रेसर) भनिन्छ । सामान्यतया स्वस्थ शरीरमा रक्तसञ्चार १२०/८० हुने गर्दछ । यदि प्रेसर ९० भन्दा कम हुन गएमा न्यून रक्तसञ्चार (लो ब्लड प्रेसर) भन्ने गरिन्छ l शरीरमा ब्लडको दबाब कम हुँदा आवश्यक अंगसम्म पूरा ब्लड पुग्न पाउँदैन, जसबाट ती अंगको कार्यसन्चालनमा बाधा पुग्छ । यस्तो अवस्थामा मुटु, मिर्गौला, कलेजो र दिमागले आंशिक रूप या पुरै काम गर्न बन्द गर्न पनि सक्छ । त्यसैले लो ब्लड प्रेसरको समस्यालाई समयमै ध्यान दिनु जरुरी छ l त्यसैले आज हामी चर्चा गर्नेछौँ l लो ब्लड प्रेसरको समयमा के खाने?

कागतीको रस :
कागतीको रस उच्च तथा न्यून रक्तचाप सबैमा फाइदाजनक हुन्छ । डिहाइड्रेसनको समस्यामा पनि यो निकै उपयोगी हुन्छ । कागती जुस पिउनाले इनर्जी प्राप्त हुनका साथै कलेजोले पनि सही काम गर्दछ l

कफि वा हट चकलेट :
यदि तपाइको प्रेसर सामान्य भन्दा कम छ भने प्रत्येक दिन बिहान एक कप कफि पिउने गर्नुहोस् वा दैनिक रूपमा बाहिर हिँड्ने क्रममा चकलेट बोकेर हिँड्नुहोस् । किनकि कफि वा हट चकलेट प्रेसर बढाउन निकै लाभदायिक हुन्छ ।

बदाम :
यदि बदामको सेवन गर्ने हो भने यसले ऊर्जा र प्रतिरोध क्षमतालाई वृद्धि गर्नका साथै यसले रक्तचापलाई नियमित गर्ने गर्दछ त्यस कारण यसलाई दैनिक आहारमा समावेश गर्नु आवश्यक छ l

तुलसीको पात :
तुलसीको पातमा भिटामिन ए, पोटाशियम, म्याग्नेशियम तत्त्व हुन्छ । जसले मानसिक सन्तुलन तथा तनाव कम गर्न मद्दत गर्नका साथै यसको पातको रस निकालेर महमा मिलाई खाली पेटमा सेवन गरेमा निम्न रक्तचाप नियन्त्रण गर्न मद्दत पनि मिल्दछ ।

नुन पानी :
यदि तपाईँ लो ब्लड प्रेसरको समस्याबाट ग्रसित हुनुहुन्छ भने नुन पानी पिउने गर्नुहोस् l जसमा भएको सोडियमले प्रेसर बढाँउछ । तर धेरै नुन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । लो ब्लड प्रेसरमा एक गिलास पानीमा एक चम्चा नुन मिसाएर पिउनु उचित रहन्छ l

 

 

प्रतिक्रिया दिनुहोस्