Logo

जान्नुहोस् नरिवल खानुका फाइदा



Spread the love

नरिवल परिवार अन्तर्गत पर्ने एक प्रकारको फल हो । यसको रुख ३० मि.सम्म अग्लो हुन्छ र ४ देखि ६ मि. सम्म लामा र ६० देखि ९० से.मि. चौडाई भएका पात हुन्छन् l यसको पुराना पातहरू झर्दै जान्छन् र काण्ड खाली र चिप्लो हुन्छ। तिनै पातहरूको बिचमा यसको बिउ वा फल झुप्पा भएर फलेको हुन्छ । यसको स्वाद जतिनै स्वादिष्ट हुन्छ, त्यतिनै यसको सेवन गर्नाले स्वास्थ्यमा पनि फाइदा पुग्ने गर्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ, यसको सेवन गर्दा स्वास्थ्यमा पुग्ने फाइदाबारे l

  • गर्भवती महिलाहरूले नियमित नरिवल पानी सेवन गर्दा गर्भावस्थामा हुने कब्जियत, मुटुको तथा अपच हुनेजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।
  • भद्दा छालालाई ताजा नरिवल पानीको सेवनले नरम बनाउनुको साथै धपक्क चमक ल्याइदिन्छ । त्यस्तै हात र अनुहारमा दिनको दुई पटक यसको प्रयोग गर्दा अत्यधिक फाइदा हुने गर्छ l
  • गर्मीमा शरीरबाट ऊर्जा स्तर घट्छ र रोग प्रतिरोधक क्षमता पनि कम हुन्छ । यस्तो स्थितिमा नरिवल पानी पिउँदा शरीर ठण्डा हुन्छ र इलेक्ट्रोलाइट्स पनि पुग्छ ।
  • मोटोपन भएका मानिसहरूका लागि पनि नरिवल लाभदायक हुन्छ । यसमा लो फ्याट हुन्छ जसले भोक प्यासलाई कम राख्छ र शरीरलाई आवश्यकताअनुसार पोषक तत्त्व दिन्छ ।
  • नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १\१ ग्लास दहीमा फिटेर बिहान/बेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठिक हुन्छ l
  • नरिवल सेवन गर्नाले पखाला लागेको अचुक औषधी हुन्छ । शरीरभित्र भएका अनावश्यक हानीकारक विषहरूलाई यसले बाहिर फालिदिन्छ । शरीरबाट खेरा गइरहेको पानीको मात्रलाई पूर्ति गर्नुका साथै इलेक्ट्रोलाईट र खनिज पनि प्रदान गर्छ ।

प्रतिक्रिया दिनुहोस्